Friday, June 05, 2026
Home > खेलकुद समाचार > आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न नेपाली टोली रुवान्डा प्रस्थान

आईसीसी महिला च्यालेन्ज ट्रफी खेल्न नेपाली टोली रुवान्डा प्रस्थान

काठमाडौं — आईसीसी महिला च्यालेन्ज ट्रफी क्रिकेट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय महिला टोली रुवान्डा प्रस्थान गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले टोलीलाई बिदाइ गर्दै सफलताको शुभकामना दिएको छ। प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म रुवान्डामा आयोजना हुनेछ, जसमा नेपालसहित अमेरिका, रुवान्डा, भानुआतु र इटाली सहभागी छन्।

नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग खेल्नेछ। प्रतियोगिता डबल राउन्ड रोबिन आधारमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *