Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न विशेष अदालतको आदेश

माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न विशेष अदालतको आदेश

काठमाडौं — पतञ्जली योगपीठ जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका प्रतिवादीलाई बहस नोट पेस गर्न विशेष अदालतले आदेश दिएको छ।

न्यायाधीशत्रयको इजलासले अन्तिम सुनुवाइको चरणमा पुगेको मुद्दामा कानुन व्यवसायीलाई बहस नोट बुझाउन निर्देशन दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *