Tuesday, July 21, 2026
Home > खेलकुद समाचार > विराट गोल्डकप सेमिफाइनलमा आज सम्राट र चर्च भिड्दै

विराट गोल्डकप सेमिफाइनलमा आज सम्राट र चर्च भिड्दै

विराटनगरमा जारी ३८औँ विराट गोल्डकपको अन्तिम सेमिफाइनलमा आज सम्राट स्पोर्टिङ क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन्। खेल साँझ ६ बजे सहिद रंगशालामा सुरु हुनेछ।

सम्राटले बिर्सा मुन्डा स्पोर्ट्स एकेडेमीलाई ३–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो भने चर्च ब्वाइजले एपीएफ क्लबलाई १–० ले पराजित गरेको थियो।

आजको विजेताले फाइनलमा झापा–११ सँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *