मकवानपुरको हेटौँडा सिमेन्ट उद्योगले कोइला अभाव भएपछि उत्पादन बन्द गरेको छ।
उद्योगले बिहानदेखि उत्पादन रोकेको हो। करिब एक महिनाअघि मात्र पुनः सञ्चालनमा आएको उद्योगमा अहिले कच्चा पदार्थ सकिएको बताइएको छ।
उद्योगले नयाँ कोइला खरिदका लागि बोलपत्र आह्वान गरिसकेको छ र आपूर्ति आएपछि उत्पादन पुनः सुरु हुने जनाएको छ।


