बुटवल — बुटवल उपमहानगरपालिका ले सडकपेटी अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। बुधबार भुड्कीचोक क्षेत्रमा डोजर चलाएर अवैध संरचना हटाइएको थियो भने बिहीबार बिहानदेखि फुटपाथमा राखिएका सवारीसाधन उठाउने काम जारी छ।
नगरपालिकाले केही दिनअघि नै माइकिङमार्फत अतिक्रमण हटाउन आग्रह गरे पनि अटेरी भएपछि कडाइ गरिएको हो। नगरप्रमुख खेलराज पाण्डे का अनुसार पैदलयात्रीको सुरक्षाका लागि र बजार व्यवस्थित बनाउन अभियान निरन्तर चलाइनेछ।


