Friday, June 05, 2026
Home > स्थानीय समाचार > विनयी खोलामा नयाँ पक्की पुल सञ्चालनमा

विनयी खोलामा नयाँ पक्की पुल सञ्चालनमा

नवलपरासीको दुम्कीवासस्थित विनयी खोलामा २४५ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको छ। नारायणगढ–बुटवल सडक विस्तार अन्तर्गत बनेको यो पुल शुक्रबारदेखि सञ्चालनमा आउनेछ।

दुई वर्षअघि छेउको फलामे पुल भाँचिएपछि यातायात डाइभर्सनमार्फत सञ्चालन हुँदै आएको थियो। अब नयाँ पुल सञ्चालनसँगै विशेषगरी वर्षायाममा हुने अवरोध अन्त्य हुने अपेक्षा गरिएको छ।

यो पुल जिल्लाकै सबैभन्दा लामो पुल हो। भने, पुरानो भाँचिएको फलामे पुल हटाउने विषयमा सम्बन्धित निकायले अझै ध्यान दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *