Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > स्वास्थ्य मन्त्रालयमा काजमा बसेकालाई फिर्ता गर्ने तयारी

स्वास्थ्य मन्त्रालयमा काजमा बसेकालाई फिर्ता गर्ने तयारी

काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले वर्षौंदेखि काजमा बसेका कर्मचारीलाई सम्बन्धित दरबन्दीमा फिर्ता गर्ने तयारी गरेको छ।

मन्त्रालयले सबै तहका कर्मचारीको विवरण संकलन गर्दै आवश्यकताका आधारमा सरुवा तथा पदस्थापन गर्ने जनाएको छ। ११औँ तहका वरिष्ठ अधिकारीहरूको व्यापक सरुवा पनि हुने बताइएको छ।

यसअन्तर्गत केही उच्च अधिकारीलाई मन्त्रालयमा तान्ने र केहीलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काज फिर्ता पठाउने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *