Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > युवक हत्या प्रकरण: बाबु–छोरी पक्राउ

युवक हत्या प्रकरण: बाबु–छोरी पक्राउ

सल्यानमा २६ वर्षीय बालकृष्ण चन्दको हत्या आरोपमा ६५ वर्षीय दलविरे घर्ती र उनकी ३९ वर्षीया छोरी शर्मिला घर्ती पक्राउ परेका छन्। चन्द फागुन ३० गते कुमाख–५ को खोल्सामा मृत फेला परेका थिए।

प्रहरीका अनुसार चन्द र शर्मिलाबीच प्रेम सम्बन्ध थियो र उनी केही समयदेखि शर्मिलाकै घरमा बस्दै आएका थिए। बेपत्ता भएपछि खोजी गर्दा उनको शव भेटिएको हो।

पक्राउ परेका बाबु–छोरीले भने चन्दले आफ्नै घरमा आत्महत्या गरेपछि आफूहरू फस्ने डरले शव खोल्सामा फालेको बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *