बझाङको बित्थडचिर गाउँपालिका–१ मा शौचालयका लागि बनाइएको पानी संकलन खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
मृतकहरू ५ वर्षीय जेनिस बोहरा र ६ वर्षीया प्रिन्सा बोहरा हुन्। उनीहरू खेल्दै गर्दा खाल्डोमा डुबेका थिए।
घटना बिहीबार दिउँसो करिब २:१५ बजे भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


