काठमाडौं — अमेरिका र इरानबीच जारी आणविक वार्तामा केही प्रगति देखिए पनि अन्तिम सहमति अझै टुंगिएको छैन। पाकिस्तानले मध्यस्थकर्ताको भूमिका खेलेपछि संवाद सकारात्मक दिशातर्फ अघि बढेको बताइएको छ।
वार्ताको मुख्य विवाद इरानसँग रहेको ४४० किलो उच्च संवर्द्धित युरेनियमको व्यवस्थापनमा केन्द्रित छ। यसलाई बाहिर पठाउने, कम स्तरमा झार्ने वा ३ प्रतिशतसम्म सीमित गर्ने विकल्पमा सहमति हुन सकेको छैन।
दुवै पक्ष आणविक गतिविधि नियन्त्रण र प्रतिबन्ध हटाउने विषयमा नजिक पुगेको दाबी गरिए पनि संवर्द्धन रोक्ने अवधि (५ देखि २० वर्ष) मा अझै मतभेद कायमै छ।
विश्लेषकहरूका अनुसार प्रारम्भिक ‘ब्रेकथ्रु’ देखिए पनि अन्तिम सम्झौतासम्म पुग्न अझै चुनौती बाँकी छन्।


