विराटनगर । सशस्त्र प्रहरीले विराटनगर–१५ स्थित दुई नम्बर ढाटबाट स्रोत नखुलेको ५ लाख १ सय १५ रुपैयाँ बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्दा उक्त रकम फेला परेको हो।
रकमसहित भारत बिहारका ३० वर्षीय आनेशकुमार चौधरी पक्राउ परेका छन्। रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उक्त रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ।


