एजेन्सी । लेबनान र इजरायलबीच १० दिनका लागि अस्थायी युद्धविराम लागू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसको घोषणा गर्दै ३४ वर्षपछि भएको संवादलाई महत्वपूर्ण उपलब्धि बताएका छन्।
उनका अनुसार यो अवधि दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने समय हुनेछ। उल्लंघन नभए दीर्घकालीन शान्तिको सम्भावना बढ्ने बताइएको छ।
लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग सकारात्मक वार्ता भएको जनाइएको छ। दुवै पक्षले शान्ति कायम गर्ने प्रयास जारी राख्ने बताएका छन्।


