काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ३ हजारले घटेर रु २ लाख ९९ हजार ८०० कायम भएको छ। चाँदी पनि रु १२० ले घटेर रु ५ हजार १३० मा कारोबार भएको छ।
यसअघि बिहीबार सुन प्रतितोला रु ३ लाख २ हजार ८०० र चाँदी रु ५ हजार २५० मा कारोबार भएको थियो।


