Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अतिक्रमित जग्गा फिर्ता गर्न त्रिविको ३५ दिने अल्टिमेटम

अतिक्रमित जग्गा फिर्ता गर्न त्रिविको ३५ दिने अल्टिमेटम

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अतिक्रमणमा परेको आफ्ना जग्गा फिर्ता गर्न ३५ दिनभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।

विश्वविद्यालयका अनुसार व्यक्ति, कम्पनी र संस्थाले नियमविपरीत कब्जा गरेका जग्गा निर्धारित समयभित्र फिर्ता नगरे कानुनी कारबाही अघि बढाइनेछ।

खोजबिन समितिको प्रतिवेदनले करिब २ हजार ५०० रोपनी जग्गा अतिक्रमणमा परेको देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *