Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जेन-जी आन्दोलनका फरार २५२ जना काठमाडौंमा पक्राउ, १८१ हातहतियार बरामद

जेन-जी आन्दोलनका फरार २५२ जना काठमाडौंमा पक्राउ, १८१ हातहतियार बरामद

काठमाडौं — जेन-जी आन्दोलन का क्रममा फरार रहेका २५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकामध्ये १६२ कैदी र ९० थुनुवा रहेका छन्।

प्रवक्ता एसपी पवनकुमार भट्टराई ले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै १८१ थान हातहतियार बरामद गरिएको र लुटपाटमा संलग्न ५१ जनालाई समेत नियन्त्रणमा लिइएको बताए। पक्राउ परेकालाई सम्बन्धित निकायमा बुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *