Friday, September 04, 2026
Home > राष्ट्रिय समाचार > गैरकानुनी रूपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि कारबाही हुने

गैरकानुनी रूपमा प्रस्थान अनुमति दिने कर्मचारीमाथि कारबाही हुने

काठमाडौं– अध्यागमन विभागले कानुनविपरीत सर्त राखेर प्रस्थान अनुमति दिने कर्मचारीमाथि कारबाही गर्ने जनाएको छ।

विभागका अनुसार यस्तो गतिविधिमा संलग्न कर्मचारीमाथि आन्तरिक छानबिन सुरु गरिएको छ। नागरिकको बाध्यता दुरुपयोग गरी हुने ठगी र अनियमितता नियन्त्रण गर्न कडाइ गरिएको बताइएको छ।

साथै, वैध राहदानी, टिकट र भिसा भएमा स्वघोषणासहित विदेश जान पाउने व्यवस्था लागू गरिएको विभागले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *