Friday, June 05, 2026
Home > स्थानीय समाचार > मेयरको सर्तपछि धनगढीको शिक्षा क्षेत्रमा सुधार

मेयरको सर्तपछि धनगढीको शिक्षा क्षेत्रमा सुधार

धनगढी, वैशाख ४ – कक्षा ८ को परीक्षामा १८ विद्यालयको नतिजा शून्य आएपछि धनगढी उपमहानगरपालिकाले शिक्षा सुधार अभियान सुरु गरेको छ। मेयर गोपाल हमालले नम्बर थपेर विद्यार्थी पास गराउन अस्वीकार गर्दै सुधारमा जोड दिएका थिए।

उपमहानगरले विद्यालय समायोजन, शिक्षक व्यवस्थापन, पारदर्शी ठेक्का प्रणाली र प्रविधिमैत्री शिक्षा लागू गरेपछि नतिजामा उल्लेख्य सुधार आएको छ। यस पहललाई अहिले ‘धनगढी मोडल’का रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *