Friday, June 05, 2026
Home > मुख्य समाचार > संघीय संसद्का १२ समिति सभापतिले लिए पद तथा गोपनीयताको शपथ

संघीय संसद्का १२ समिति सभापतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ — प्रतिनिधिसभाका १० र संयुक्त २ गरी १२ विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। कार्यक्रममा उपसभामुख र कानुनमन्त्री पनि उपस्थित थिए।

शुक्रबार सम्पन्न निर्वाचन र सहमतिबाट चयन भएका सभापतिहरूमा कानुन, अर्थ, लेखा, राज्य व्यवस्था, पूर्वाधार, कृषि लगायतका समितिका प्रमुखहरू रहेका छन्। अधिकांश सभापति निर्विरोध चयन भएका थिए भने केही समितिमा प्रतिस्पर्धाबाट चयन गरिएको हो।

नवनिर्वाचित सभापतिहरूले समितिको कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *