नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतमा बहस गर्न नपाएको छ। समय अभावका कारण उनलाई इजलासले बोल्न नदिएको हो।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा दुवै पक्षका वकिलहरूको बहस सकिएपछि शर्माले आफैं उपस्थित भएर बोल्ने प्रयास गरेका थिए।
इजलासले आजै उक्त रिटमा अन्तिम फैसला सुनाउने तयारी गरेको छ।


