काठमाडौं — विश्वविद्यालय समन्वय समितिले परिसरलाई दलीय प्रभावमुक्त बनाउने निर्णय कार्यान्वयनमा अघि बढाएको छ।
दुई साताअघि शिक्षामन्त्रीको उपस्थितिमा भएको बैठकपछि विद्यार्थी संगठनका ब्यानर, झन्डा र भित्ते लेखन तुरुन्त हटाउने सर्कुलर जारी गरिएको हो।
साथै, कानुनी व्यवस्था संशोधनका लागि प्रस्ताव मन्त्रालयमा पठाइने र आवश्यक परे ६० दिनभित्र नियमावली परिवर्तन गरिने बताइएको छ।
निर्णय कार्यान्वयनमा सुरक्षा चुनौती आएमा सुरक्षा निकायको सहयोग लिने तथा आवश्यक परे विश्वविद्यालयमा सुरक्षा पोस्टसमेत राख्ने व्यवस्था गरिने उल्लेख छ।


