प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले मन्त्रीहरूलाई महँगो आइफोन वितरण गरेको भन्ने समाचारलाई सरकारले पूर्ण रूपमा भ्रामक भनेको छ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिना ले यस्तो दाबी असत्य भएको स्पष्ट पार्दै स्रोत नजाँचीकन सूचना नफैलाउन आग्रह गरेका छन्। प्रधानमन्त्री सचिवालयले पनि मन्त्रीहरूलाई कुनै अतिरिक्त मोबाइल वा सिमकार्ड नदिइएको जनाएको छ।
फ्याक्ट चेकमा समेत उक्त समाचार गलत ठहर भएको छ, र मन्त्रीहरूले आफूहरूले नयाँ फोन नपाएको बताएका छन्। सरकारले भ्रामक सूचना फैलिन नदिन सबैलाई सचेत रहन आग्रह गरेको छ।


