काठमाडौंको ठूलो भर्याङस्थित यातायात कार्यालयले सेवाग्राहीलाई बिहान ७–८ बजेदेखि लाइनमा बस्न नआउन आग्रह गरेको छ।
कार्यालयका अनुसार सेवा बिहान ९ बजे मात्र सुरु हुने भएकाले अत्यधिक चाँडो आएर लाइन बस्नुपर्ने आवश्यकता छैन। सोमबार केही भिड हुने भए पनि अन्य दिनमा सेवा सहज रूपमा सञ्चालन भइरहेको बताइएको छ।
समय व्यवस्थापन गरेर भिडभाड कम हुने समयमा सेवा लिन कार्यालयले सेवाग्राहीलाई अनुरोध गरेको छ।


