Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रोशी खोलाको बाढीले बीपी राजमार्ग फेरि अवरुद्ध

रोशी खोलाको बाढीले बीपी राजमार्ग फेरि अवरुद्ध

काठमाडौं — वर्षासँगै आएको बाढीले बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सन बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

कटुञ्जे–मंगलटार खण्ड बिहानदेखि ठप्प भएपछि सवारीसाधनलाई धुलिखेल र नेपालथोकमा रोकिएको प्रहरीले जनाएको छ।

गत बाढीपहिरोपछि बनाइएका अस्थायी संरचना पुनः क्षतिग्रस्त हुँदा मर्मत कार्य सुरु भए पनि सडक खुल्न समय लाग्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *