Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सम्पत्ति जाँचबुझ आयोग गठनबारे सर्वोच्चको कारण देखाउ आदेश

सम्पत्ति जाँचबुझ आयोग गठनबारे सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं, वैशाख १६ – सर्वोच्च अदालत ले सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ।

उक्त आयोग गैरकानुनी भएको दाबी गर्दै दर्ता गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकाल को इजलासले सरकारसँग स्पष्टीकरण मागेको हो। साथै, मुद्दालाई अग्राधिकारमा राख्न पनि आदेश दिइएको छ।

रिटमा सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिनका लागि पहिले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकाय रहेको अवस्थामा समानान्तर आयोग गठन गरिएको भन्दै प्रश्न उठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *