सल्यान — सल्यान जिल्ला मा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने १४ जना घाइते भएका छन्।
बन्गाड कुपिण्डेबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको जीप अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनापछि उद्धारमा समय लागेको र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।


