Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विष्णुमती किनारमा हतियार फेला

विष्णुमती किनारमा हतियार फेला

काठमाडौं — विष्णुमती नदी किनारबाट प्रहरीले चार थान पेस्तोल र ५८ राउन्ड गोली बरामद गरेको छ। महानगर–१५ शोभाभगवती क्षेत्रमा सरसफाइका क्रममा फेला परेका हतियारमध्ये ७ थान म्यागजिन पनि रहेको प्रहरीले जनाएको छ।

बरामद पेस्तोल ‘टाइप–५४’ भएको पुष्टि भएको छ। हतियार केही दिनअघि मात्र त्यहाँ फालिएको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *