काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुकुम्वासीलाई उचित पुनर्वास बिना हटाउने सरकारी कदमप्रति आपत्ति जनाएको छ।
पार्टीले झुप्रा भत्काउने कार्यलाई “अमानवीय” भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न माग गरेको छ।
साथै, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई असंवैधानिक भन्दै यस्तो कदम फिर्ता लिन आग्रह गरेको छ।
नेकपाले सरकारलाई लोकतान्त्रिक र समावेशी ढंगले अघि बढ्न समेत चेतावनी दिएको छ।


