काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई पदबाट अलग हुनुपर्ने चेतावनी दिएका छन्।
नुवाकोटमा आयोजित सरकारी कार्यालय प्रमुखहरूको छलफलमा उनले “सुम्पिएको काम जिम्मेवारीपूर्वक पूरा नगरे मार्ग प्रशस्त गर्नुपर्छ” भन्दै सेवा प्रवाहमा ढिलाइ र गैरजिम्मेवारी अब सह्य नहुने स्पष्ट पारे।
मन्त्री तिमिल्सिनाले प्रविधिमैत्री सेवा, पारदर्शिता र जनमुखी प्रशासनमा जोड दिँदै सरकार जनतालाई सहज सेवा दिन बनेको भन्दै सबै कर्मचारीलाई नतिजामुखी काम गर्न निर्देशन दिए।


