काठमाडौं — सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट पक्राउ परेसँगै उनको कथित बिचौलिया नेटवर्क कमजोर हुँदै गएको चर्चा छ।
भट्टसँग जोडिएका केही नियुक्ति र पुँजीबजारसँग सम्बन्धित निर्णयहरू विवादमा परेसँगै नेपाल धितोपत्र बोर्डका पूर्व नेतृत्व र विभिन्न संस्थागत संरचनामाथि पनि असर परेको बताइन्छ।
यसैबीच, सीडीएससीकी कार्यकारी प्रमुख प्रवीन पन्दाकको नियुक्ति र भूमिकाबारे पनि पुनः प्रश्न उठ्न थालेको छ। उनी भट्टसँग निकट सम्बन्धमार्फत विवादित निर्णयहरूमा संलग्न रहेको आरोप लाग्दै आएको छ।
अहिले सीआईबी र सम्बन्धित निकायले भट्ट नेटवर्कसँग जोडिएका अन्य व्यक्तिहरू र संस्थागत संलग्नताको अनुसन्धानलाई विस्तार गरिरहेको जनाइएको छ।


