Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सीमामा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कडाइ, नाकामा तनाव

सीमामा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कडाइ, नाकामा तनाव

काठमाडौँ । भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू भएपछि सीमावर्ती नाकामा तनाव बढेको छ।

सशस्त्र प्रहरीले नाकामा माइकिङ गर्दै भन्सार शुल्क नतिरी सामान नल्याउन आग्रह गरिरहेको छ। तर सर्वसाधारणले झोला जाँच, सामान जफत र व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन्। कतिपय स्थानमा सामान्य झडपसमेत भएको छ।

नयाँ नियम लागू भएपछि सीमापारि किनमेल घट्दै गएको छ र भारतीय बजार सुनसान बन्दै गएको छ। व्यापारीले नियमलाई अव्यावहारिक भनेका छन् भने केहीले राजस्व चुहावट रोक्न सकारात्मक कदम भनेका छन्।

सरकारले यो पुरानै व्यवस्था कार्यान्वयनमा ल्याएको दाबी गरेको छ। तर सीमा क्षेत्रमा बस्ने नागरिकले दैनिक उपभोग्य वस्तु महँगो पर्ने र जीवनयापन कठिन हुने भन्दै विरोध जनाइरहेका छन्।

विवाद चर्किँदै जाँदा राजनीतिक दल र स्थानीय नेताहरूले पनि नियम फिर्ता वा संशोधन गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *