Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रचण्ड : कम्युनिस्ट एकता अब बाध्यता, गणतन्त्र जोगाउन मोर्चा आवश्यक

प्रचण्ड : कम्युनिस्ट एकता अब बाध्यता, गणतन्त्र जोगाउन मोर्चा आवश्यक

काठमाडौं । पुष्पकमल दाहालले कम्युनिस्ट पार्टीहरूबीच एकता अब बाध्यता बनेको बताएका छन्। निर्मल लामा स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले कम्युनिस्टलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको दाबी गर्दै वामपन्थी र गणतन्त्रवादी शक्तिहरूबीच मोर्चा आवश्यक रहेको बताए।

प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले कम्युनिस्ट एकताको आवश्यकता बढाएको उल्लेख गर्दै लोकतन्त्र र गणतन्त्र जोगाउन देशभक्त शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए। उनले बालेन नेतृत्वको काठमाडौं महानगरले श्रमजीवी, गरिब र निमुखा वर्गमाथि हमला गरेको आरोप पनि लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *