Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकार गठनको एक महिना नपुग्दै तीन मन्त्री विवादमा

सरकार गठनको एक महिना नपुग्दै तीन मन्त्री विवादमा

काठमाडौं — प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन भएको एक महिना नपुग्दै तीन मन्त्री विवादमा तानिएका छन्।

यसअघि श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गराएपछि दीपक खड्काले मन्त्री पद गुमाइसकेका थिए। त्यहीबीच गृहमन्त्री सुधन गुरुङ पनि व्यापारिक साझेदारीको आरोपपछि विवादमा परेका छन्।

गुरुङको स्टार माइक्रो इन्स्योरेन्समा व्यवसायी दीपक भट्टसँग सेयर रहेको समाचार सार्वजनिक भएपछि आलोचना बढेको छ। भट्ट हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा छन्। गुरुङले भने आरोप अस्वीकार गर्दै स्पष्टीकरण दिएका छन्।

रास्वपाले अहिलेसम्म औपचारिक निर्णय नगरे पनि पार्टीभित्र आन्तरिक छलफल भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *