Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अतिक्रमित बस्ती हटाउने तयारीबीच काठमाडौँ महानगरमा उच्चस्तरीय छलफल

अतिक्रमित बस्ती हटाउने तयारीबीच काठमाडौँ महानगरमा उच्चस्तरीय छलफल

काठमाडौं । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने विषयमा सुरक्षा निकायलाई निर्देशन दिएको खबर बाहिरिएलगत्तै काठमाडौँ महानगरपालिकामा छलफल भएको छ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलसहित वडाध्यक्ष र महानगर प्रहरी प्रमुखबीच थापाथली क्षेत्रको व्यवस्थापनबारे छलफल भएको हो।

जिल्ला प्रशासनसँगको समन्वयमा बस्ती हटाउने प्रक्रिया अघि बढाउने र प्रभावित बासिन्दालाई अस्थायी बसोबासको व्यवस्था गर्ने तयारी गरिएको महानगर स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *