परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिया कोर्टेभालबीच सोमबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच पर्यटन, लगानी, जलवायु परिवर्तन र हिमाली पारिस्थितिकीमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
भेटमा नेपाल–फ्रान्स सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदान–प्रदान भएको मन्त्रालयले जनाएको छ।


