Friday, June 05, 2026
Home > स्थानीय समाचार > बिटुमिन अभावले सल्यानका सडक योजना ठप्प

बिटुमिन अभावले सल्यानका सडक योजना ठप्प

सल्यान — पेट्रोलियम पदार्थको मूल्यवृद्धि र बिटुमिन अभावका कारण सल्यानका एक दर्जनभन्दा बढी सडक तथा पुल योजना प्रभावित भएका छन्।

सडक डिभिजन कार्यालय दाङ अन्तर्गतका ४ सडकमा कालोपत्रे काम नै रोकिएको छ भने अन्य योजना पनि ढिलाइमा परेका छन्।

निर्माण कम्पनीहरूलाई आवश्यक सामग्री नपाउँदा काम समयमै सम्पन्न हुन नसक्ने अवस्था आएको छ, जसका कारण स्थानीय पुनः धुलाम्मे सडकमा यात्रा गर्न बाध्य भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *