काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले विश्वविद्यालयहरूलाई परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन्।
सोमबार ११ वटा विश्वविद्यालयका उपकुलपतिसँगको छलफलमा उनले ढिलाइका कारण विद्यार्थीको शैक्षिक सत्र र अवसर प्रभावित हुने समस्या अन्त्य गर्नुपर्ने बताए।
प्रधानमन्त्री शाहले उत्तरपुस्तिका परीक्षण प्रदेशस्तरमै गरेर भए पनि समयमै नतिजा निकाल्नुपर्नेमा जोड दिए। साथै, त्रिभुवन विश्वविद्यालयको समकक्षता प्रणाली हटाई सबै विश्वविद्यालयका प्रमाणपत्रलाई स्वतः मान्यता दिने व्यवस्था लागू गर्न निर्देशन दिए।


