काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङसँग स्पष्टीकरण सोधेको भन्ने चर्चा असत्य भएको उनको सचिवालयले जनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्रीबाट हालसम्म कुनै पनि लिखित स्पष्टीकरण माग गरिएको छैन, यद्यपि विषयमा ध्यानाकर्षण भने भएको छ। व्यवसायी दीपक भट्टसँगको सम्बन्ध खुलेपछि गृहमन्त्री विवादमा परेका हुन् र सामाजिक सञ्जालमा राजीनामाको माग भइरहेको छ।
सचिवालयले ६२/६३ पछिका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि बनेको आयोगमार्फत गृहमन्त्रीको सम्पत्तिबारे पनि अनुसन्धान हुने जनाएको छ। हालसम्म कुनै कारबाही वा निर्णय भने भएको छैन।

