Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समावेशी राज्यको प्रस्ताव

प्रत्यक्ष कार्यकारी राष्ट्रपति र समावेशी राज्यको प्रस्ताव

काठमाडौं — श्रम संस्कृति पार्टीले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समावेशी राज्य प्रणालीको प्रस्ताव अघि सारेको छ।

पार्टी अध्यक्ष हर्क साम्पाङ ले ९ बुँदे सुझाव सार्वजनिक गर्दै राष्ट्रपतिले समावेशी आधारमा मन्त्रिपरिषद गठन गर्नुपर्ने बताएका छन्। साथै कार्यकारी प्रमुख निरंकुश भए महाअभियोगमार्फत पदमुक्त गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

पार्टीले सबै जातजाति र समुदायलाई राज्यका सबै अंग—राजनीतिक पददेखि सेना, प्रहरी र प्रशासनसम्म—समावेश गराउने प्रणाली आवश्यक रहेको जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *