काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री सुधन गुरुङसम्बन्धी विवाद पार्टी बैठकको औपचारिक एजेन्डा नभएको स्पष्ट पारेको छ।
प्रवक्ता मनिष झाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त विषयमा कुनै निर्णय नभएको र अहिले छलफलको प्रारम्भिक चरणमै रहेको बताए।
उनका अनुसार विभिन्न सञ्चारमाध्यममा आएको समाचार भए पनि विषय आजको कार्यसूचीमा समावेश थिएन।
गुरुङको नाम विवादास्पद व्यवसायीसँग जोडिएको विषय बाहिरिएपछि उनले पार्टी नेतृत्वसँग भेट गरेका थिए र छानबिनमा सहयोग गर्ने बताएका छन्।
रास्वपाले भने पार्टी प्रक्रिया अनुसार मात्रै विषय अघि बढ्ने स्पष्ट पारेको छ।


