गुल्मी — जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको घरमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ। जिल्ला हुलाक कार्यालयमार्फत् तोकिएको शुल्क लिएर बिहीबारदेखि सेवा सुरु गरिएको हो।
शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सेवामा प्रारम्भमा रेसुङ्गा नगरपालिकाका केही वडाका १६ जनालाई राहदानी घरमै पठाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए। स्रोत व्यवस्थापनपछि सेवा विस्तार गरिने जनाइएको छ।


