काठमाडौँ — विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयको विरोधमा कानुनका विद्यार्थीहरूले बिहीबार काठमाडौँमा प्रदर्शन गरेका छन्।
ल क्याम्पसका विद्यार्थीहरूले प्रदर्शनीमार्गमा शान्तिपूर्ण मार्चपास गर्दै सरकारको निर्णयलाई “अधिनायकवादी कदम” भनेका छन्।
प्रदर्शनमा सहभागीहरूले “लोकतन्त्रको आधार विद्यार्थी अधिकार”, “संघ–संगठनमाथिको हस्तक्षेप बन्द गर” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।


