Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > चैतमा ९ सय विपद् घटना : ३० जनाको मृत्यु, करोडौं क्षति

चैतमा ९ सय विपद् घटना : ३० जनाको मृत्यु, करोडौं क्षति

काठमाडौं । गत चैत महिनामा देशभर करिब ९ सय विपद्का घटनामा परी ३० जनाको ज्यान गएको छ भने २२२ जना घाइते भएका छन्।

आगलागी, हुरी, चट्याङ र हिमपातजस्ता घटनाबाट १९१ घर, ११७ गोठ र केही सरकारी संरचनामा क्षति पुगेको छ भने ५२९ चौपाया मरेका छन्।

विपद्ले करिब ३३ करोडभन्दा बढी आर्थिक क्षति पुर्‍याएको अनुमान गरिएको छ। साथै, १४३ जना विस्थापित भएका छन्।

प्रहरीका अनुसार उद्धार तथा व्यवस्थापनमा ४,८४१ सुरक्षाकर्मी परिचालन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *