Friday, June 05, 2026
Home > स्थानीय समाचार > इलाममा ध्वनि प्रदूषण नियन्त्रण अभियान, ८ मोटरसाइकल नियन्त्रणमा

इलाममा ध्वनि प्रदूषण नियन्त्रण अभियान, ८ मोटरसाइकल नियन्त्रणमा

इलाम । इलाम प्रहरीले शान्ति सुरक्षा कायम गर्न र ध्वनि प्रदूषण नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ।

अभियानको क्रममा इलाम बजार क्षेत्रबाट स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ८ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने र रातिको समयमा शान्ति भंग गर्ने सवारी साधनलाई लक्षित गरी निगरानी बढाएको जनाएको छ। नियन्त्रणमा लिइएका सवारीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *