विराटनगर । विराटनगर महानगरपालिकाले भोलिदेखि बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन र खोलामा भइरहेको अवैध उत्खनन रोक्न विशेष ‘एक्सन’ अभियान सुरु गर्ने भएको छ।
अभियानअन्तर्गत सटर बाहिर सामान राख्न, सडकपेटीमा निर्माण सामग्री थुपार्न र मापदण्डविपरीत व्यापार गर्न निषेध गरिएको छ। नियम उल्लंघन गर्नेलाई तत्काल कारबाही गरिने महानगरले जनाएको छ।
सिंघिया र केशलिया खोलामा भइरहेको अवैध उत्खनन पनि कडाइका साथ रोक्ने तयारी गरिएको छ। अभियान सफल बनाउन प्रशासन, प्रहरी र व्यवसायी संघ–संस्थाले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।


