काठमाडौं । सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या तथा भ्रामक सूचना नफैलाउन चेतावनी दिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्ता सामग्री प्रकाशन वा प्रसारण गर्ने व्यक्ति वा संस्थालाई विद्युतीय कारोबार ऐनलगायत प्रचलित कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।
मन्त्रालयले आधिकारिक पुष्टि नभएका समाचार नफैलाउन सबै सञ्चारमाध्यम र नागरिकलाई आग्रह गर्दै सामाजिक सञ्जालमार्फत गुनासो दर्ता गर्न सकिने व्यवस्था पनि रहेको जनाएको छ।


