Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वैदेशिक रोजगारीमा कडाइ, अब विमानस्थलमा टिकट बिल अनिवार्य

वैदेशिक रोजगारीमा कडाइ, अब विमानस्थलमा टिकट बिल अनिवार्य

वैदेशिक रोजगारीमा जाने श्रमिकले अब विमानस्थलमा हवाई टिकटको बिल अनिवार्य रूपमा देखाउनुपर्ने भएको छ। वैदेशिक रोजगार विभागले सोमबार सूचना जारी गर्दै यो व्यवस्था २९ चैतदेखि लागू हुने जनाएको हो।

यो नियम व्यक्तिगत रूपमा जाने तथा म्यानपावर कम्पनीमार्फत जाने दुवै श्रमिकमा लागू हुनेछ। साथै, श्रमिकले म्यानपावरलाई तिरेको सेवा शुल्कको आधिकारिक रसिद पनि साथमा राख्नुपर्नेछ।

विभागले इजाजत प्राप्त म्यानपावर कम्पनीहरूलाई श्रमिकबाट लिएको रकमको भौचर वा रसिद अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

यो व्यवस्था वैदेशिक रोजगार प्रक्रियामा पारदर्शिता बढाउन र ठगी नियन्त्रण गर्न ल्याइएको विभागको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *