काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरण को अध्ययनले थापाथलीका तथाकथित सुकुमबासीमध्ये ठूलो संख्यामा व्यक्तिसँग अन्यत्र पनि जग्गा रहेको देखाएको छ।
प्राधिकरणका अनुसार करिब ३९१ जनाको विवरणमध्ये अधिकांशको नाममा विभिन्न जिल्लामा जग्गा भेटिएको छ। प्रारम्भिक विश्लेषणले वास्तविक भूमिहीन सुकुमबासीको संख्या कम हुन सक्ने संकेत गरेको छ।
कानुनअनुसार नदी किनार, सडक क्षेत्रलगायत जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई त्यहीँ जग्गा दिन नमिल्ने भएकाले सरकारले स्थानान्तरण नीति अघि बढाएको हो। यसअघि बनेका आवासीय अपार्टमेन्टमा बस्न नमान्नु पनि समस्या समाधानमा चुनौती बनेको छ।


