काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले बजेट अधिवेशन लक्षित गर्दै एकैपटक ४५ विधेयकको मस्यौदा तयारी अघि बढाएको छ। विभिन्न मन्त्रालयहरू सक्रिय रहेकोमा कानुन मन्त्रालय ले सबैभन्दा बढी १० विधेयकमा काम गरिरहेको छ।
सरकारले तत्काल आवश्यक र काम गर्न अप्ठ्यारो बनाइरहेका कानुनी अवरोध हटाउने उद्देश्यले प्राथमिकता दिएको जनाएको छ। सोविता गौतम ले एक साताभित्र मस्यौदा तयार पार्न निर्देशन दिएकी छन्।
संघीय निजामती, सार्वजनिक खरिद, संवैधानिक परिषद् लगायतका महत्वपूर्ण विधेयकलाई प्राथमिकतामा राखिएको छ। बजेट अधिवेशनमा पहिलो चरणमै ४०–४५ विधेयक पेस गर्ने र पछि थप विधेयक ल्याउने सरकारको तयारी छ।


