Friday, June 05, 2026
Home > मुख्य समाचार > वैशाख ११: जनआन्दोलनको जित र लोकतन्त्रको स्थापना

वैशाख ११: जनआन्दोलनको जित र लोकतन्त्रको स्थापना

काठमाडौं । आज वैशाख ११ देशभर लोकतन्त्र दिवसका रूपमा मनाइँदै छ। जनआन्दोलन २०६२–०६३ को सफलतासँग जोडिएको यो दिनले निरंकुश शासन अन्त्य र जनताको शक्ति स्थापित भएको क्षणको स्मरण गराउँछ।

यसै दिन ज्ञानेन्द्र शाह ले विघटित संसद् पुनःस्थापना गर्ने घोषणा गरेका थिए, जसले लोकतन्त्र पुनर्स्थापनाको मार्ग खोलेको थियो। आन्दोलनमा राजनीतिक दल र जनताको व्यापक सहभागिताले निर्णायक दबाब सिर्जना गरेको थियो।

यसपछि संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा र अन्ततः नयाँ संविधान जारी हुँदै नेपाल संघीय लोकतान्त्रिक प्रणालीमा प्रवेश गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *