काठमाडौँ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनल ले काठमाडौँका सुकुमबासी बस्ती हटाउने सरकारी योजना तत्काल रोक्न आग्रह गरेको छ।
सरकारले बस्ती खाली गराउने तयारी गरिरहँदा केही परिवारले सामान सारिरहेका छन् भने केहीले विरोध प्रदर्शन गरिरहेका छन्।
एमनेस्टीले पर्याप्त परामर्श र वैकल्पिक बसोबास बिना जबरजस्ती निष्कासन मानवअधिकारविरुद्ध हुने भन्दै अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न माग गरेको छ।


